एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई
पाेखरा | जेठ ४, २०८०
पोखरा: एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ ।
७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् ।
टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट म्याराथनमा सहभागि हुनु आफैमा गर्वको विषय रहेको बताउँदै उहाँहरुको सहभागिताले नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने बताए ।
यस्तै एभरेष्ट म्याराथनमा सहभागि हुने टोलीको नेतृत्व गरिरहेको सूर्य गुरुङले आफूहरुलाई मञ्चले बोलाएर बिदाई गरेकोमा आभार व्यक्त गर्दै आगामी संस्करणमा पोखरा म्याराथनमा समेत सक्रिय सहभागिताका लागि आफ्नो पहल हुने बताए । उनले भने–“एभरेष्ट म्याराथनमा सहभागिता विद्यालयको सहयोगका लागि हो । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको पठन–पाठनमा कुनै समस्या नहोस् भन्नका लागि हामीले च्यारिटीका लागि गरेका हौं ।”
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए । यसै विच जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङसहित, महासचिव कृष्ण तिमिल्सिना र कोषाध्यक्ष महेश पौडेल समेत अवलोकनका लागि जाने भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

